काठमाडौं : १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुवेशी बस्ने रूकुम पश्चिम मुसिकोट नगरपालिका–१ घर भएका २३ वर्षीय नविन रावललाई प्रहरीले पक्राउ गरेको हो।
रावलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी स्याफ्रुवेशी रसुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।पक्राउ परेका रावलविरुद्ध बलात्कारको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij