झापा : काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरेको भारतीय कारभित्र भन्सार छलीका सामानसहित चालक पक्राउ परेका छन् ।नाकामा तैनाथ सुरक्षाकर्मीको समेत आँखा छलेर मेची पुलबाटै सोजै नेपाल प्रवेश गरेका डब्लुबी ७४ एस २१५२ भारतीय नम्बर प्लेट भएको कारलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले शुक्रबार दिउँसो साढे १२ बजेको समयमा मेचीनगर नगरपालिका ६ स्थित कालिखोलामा नियन्त्रणमा लिएको थियो ।
प्रहरीले नियन्त्रणमा लिएको कार चेकजाँच गर्दा कारको सिटमुनि फल्स बटम बनाई लुकाइछिपाई ल्याइएको गाडीको मोबिल तथा मोटर पार्टस बरामद गरेको थियो ।प्रहरीले चालक दार्जिलिङ जिल्ला खोरीबारी थाना बतासी प्रेमाजोत बस्ने ३४ वर्षीय अमित सिंहलाई पनि नियन्त्रणमा लिएको थियो ।
बरामद गरिएको सामान एक लाख १५ हजार ५८२ रुपैयाँ र कार आठ लाख गरी जम्मा ९ लाख १५ हजार ५८२ रुपैयाँ मुल्याकन तोकेर चालक सिंहसहित मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइदिएको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij