Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

पाटन अस्पतालको शौचालयबाट भागेका थुनुवा कञ्चनपुरबाट पक्राउ

पाटन अस्पतालको शौचालयबाट भागेका थुनुवा कञ्चनपुरबाट पक्राउ

काठमाडौं : ललितपुरको पाटन अस्पतालबाट भागेका थुनुवा कञ्चनपुरबाट पक्राउ परेका छन्।प्रहरीले गए राति कञ्चनपुरस्थित गड्डाचौकी नाका नजिकैबाट उनलाई पक्राउ गरेको हो ।प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका अछामका १९ वर्षीय दीपक साउद बुधबार दिउँसो साढे १२ बजेतिर पाटन अस्पतालबाट भागेका थिए।बलात्कारका आरोपित उनी हिरासतमा रहँदा बिरामी भएकोले उपचारका लागि पाटन अस्पताल लगिएको थियो।

अस्पतालको शौचालय छिरेका साउद झ्यालबाट भागेका थिए। उनलाई धनगढीबाट जहाजमा ललितपुर ल्याउने काम भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। साउदमाथि १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोप छ। सो आरोपमा उनी १८ दिन हिरासतमा बसेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij