Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

धनुषाको सबैलामा प्रहरीले गोली चलाउँदा एकजना गम्भीर घाइते

धनुषाको सबैलामा प्रहरीले गोली चलाउँदा एकजना गम्भीर घाइते

काठमाडौं : धनुषाको सबैला नगरपालिकामा प्रहरीले चलाएको गोली लागेर एकजना गम्भीर घाइते भएका छन् । घाइते स्थानीय सन्तोष यादव भएको मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आाचार्यले बताए । सोमबार दिउँसो दुई समुदायबीच तनाव बढ्दा भिडलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको थियो ।

डीआईजी आचार्यका अनुसार, सबैला नगरपालिकामा पर्ने एक चोकमा यादव समुदायले ‘यादव चोक’ लेखिएको बोर्ड राखेका थिए । अन्य समुदायका व्यक्तिले उक्त बोर्ड हटाएपछि दुई समुदायबीच विवाद बढेको थियो ।

“बोर्ड हटाएपछि विवाद बढेको थियो । विवाद मिलाउन खोज्दा उल्टै प्रहरीमाथि हातपात भयो । त्यसपछि प्रहरीले घटनालाई नियन्त्रणमा लिन बल प्रयोग गरेको थियो । प्रहरीले चलाएको गोली लागेर सन्तोष यादव नाम गरेका व्यक्ति गम्भीर घाइते भएका छन्,” डीआईजी आचार्यले भने ।दुई समुदायबीच आइतबार पनि विवाद भएको थियो । आइतबार घटनालाई नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij