Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

मकवानपुरमा भारतीय नम्बर प्लेटको गाडि दुर्घटना हुँदा चार जना घाइते

मकवानपुरमा भारतीय नम्बर प्लेटको गाडि दुर्घटना हुँदा चार जना घाइते

हेटौंडा : मकवानपुरको उत्तरी क्षेत्रस्थित इन्द्रसरोवर गाउँपालिकामा भारतीय नम्बर प्लेटको फोर्स गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन्।कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका-३ धाराखोल्छामा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको युपि ७० एनटी ६९१७ नम्बरको भारतीय फोर्स दुर्घटना भएको हो ।

गाडिमा सवार १७ जनामध्ये ४ जना यात्रु घाइते भएको र उनीहरुलाई उपचारको लागि हेटौंडा अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।घाइते सबै भारतीय नागरिक रहेका छन्। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा भारत उत्तर प्रदेश जिल्ला राइबेली ग्राम यनटिबेसी उचहर बस्ने ५५ वर्षीय राजकरण तिवारी, ३८ वर्षीय जितेन्द्रप्रताप सिंह, ४४ वर्षीय अजय मिश्र र ३८ वर्षीय अभयप्रताप सिंह रहेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij