काठमाडौँ : प्रहरीले दुई करोड ७५ लाख रुपैयाँ मूल्य बराबरको भन्सार छलेर ल्याएको सामानसहित तीन जनालाई नियन्त्रणमा लिई सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, साविक डराउनेपोखरी गाविस–२ घर भई हाल ललितपुर महानगरपालिका–२१ पाटन बस्ने ३१ वर्षीय कृष्णगोपाल श्रेष्ठ, दोलखा मेलुङ गाउँपालिका–८ बस्ने ६१ वर्षीय हरिबहादुर श्रेष्ठ तथा नुवाकोट, बिदुर नगरपालिका–१२ बस्ने ४२ वर्षीय पुरुषोत्तम कोइराला रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपीलराज बोहराले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यही चैत १ गतेराति काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूस्थित बा ५ ख ७३१४ नम्बरको गाडीमा भन्सार छलेर औषधि तथा कपडा ल्याएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले बा ५ ख ७३१४ को सवारीसाधनसहित निजहरुलाई नियन्त्रणमा लिएको हो ।”बरामद गरिएको उक्त सामानसहित निजहरुलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय ललितपुर पठाइएको प्रवक्ता बोहराले बताउनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij