Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सिराहामा एक सय ४६ मोटरसाइकल प्रहरीकाे नियन्त्रणमा

सिराहामा एक सय ४६ मोटरसाइकल प्रहरीकाे नियन्त्रणमा

सिराहा : ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै सिराहा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट एक सय ४६ थान मोटरसाइकल नियन्त्रणमा लिएको छ । होलीमा अवाञ्छनीय गतिविधि रोक्न प्रहरीले शुक्रवार दिनभर सिराहा, लहान, गोलबजार, मिर्चैया, धनगढी, बन्दिपुर लागायतका स्थानबाट मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

एउटै मोटर साइकलमा दुई जनाभन्दा बढी चढेको, हेलमेट नलगाई मोटरसाइकल चलाएको, अत्यधिक गतिमा कुदाएको, मापसे गरेर चलाएको मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डिएसपी वीरेन्द्रकुमार पासवानले जनाएका छन् ।

जिल्लाको अवस्था अहिलेसम्म सामान्य रहेको भन्दै सम्भावित दुर्घटना रोक्न मोटरसाइकल नियन्त्रणमा लिएको उनले बताए । नियन्त्रणमा लिएका मोटरसाइकलबाट ट्राफिक नियम उल्लङ्घन गरेकोले सबैलाई कारबाही गरिने जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डिएसपी वीरेन्द्रकुमार पासवानले जनाएका छन् ।

होली मनाउने क्रममा अमर्यादित क्रियाकलाप गर्ने एक दर्जन व्यक्तिलाई प्रहरीले आज जिल्लाका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको थियो । होली खेल्ने क्रममा मादक पदार्थ सेवन गरी होहल्ला र झगडा गर्नेहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका सबै जनालाई सम्झाइ बुझाई छाडिएको सूचना अधिकारी पासवानले जनाएका छन् ।

सिराहामा प्रहरीले सुरक्षा योजनाअन्तर्गत ५ सय ५९ जना प्रहरी परिचालन गरिएको जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij