Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापतिसहित ६ जना पक्राउ

महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापतिसहित ६ जना पक्राउ

विराटनगर : महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति जसवन्त पौडेलसहित ६ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ।

स्ववियु निर्वाचन कार्यालय तोडफोड गर्न खोजेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले तीनवटा कुर्सि तोडफोड गरेको प्रहरीले जनाएको छ।

महेन्द्र मोरङमा आधिकारिकताको विषयलाई लिएर नेपाल विद्यार्थी संघ (नेविसंघ)मा विवाद छ ।

महेन्द्र मोरङ क्याम्पसमा संस्थापन पक्षले आधिकारिकता पाएपछि इतर समूहले विरोध गर्दै आएको छ।

इतर समूहले विरोध गर्दै निर्वाचन समितिको कार्यालयमा ताला लगाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij