Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

मकवानपुर : करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका-६ नयाँबस्तीमा एक युवकको मृत्यु भएको छ ।मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा स्थानीय ३१ वर्षीय ईन्द्रलाल मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

करेन्ट लागेर सख्त घाइते भएका मोक्तानलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवनमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij