Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सप्तरीमा छुरा प्रहारबाट दुई जना गम्भीर घाइते

सप्तरीमा छुरा प्रहारबाट दुई जना गम्भीर घाइते

सप्तरी : राजविराज नगरपालिका–७ सिरहा रोडमा छुरा प्रहारबाट दुई जना गम्भीर घाइते भएका छन् । बुधबार साँझ ७ बजे उनीहरुमाथि छुरा प्रहार भएको हो ।घाइते हुनेहरुमा सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ ब्रहपुरका २२ वर्षिय सुभाष यादव र २६ वर्षिय सुनिल यादव रहेका छन् । एक्कासी उनीहरुमाथि छुरा प्रहार गरेर भागेको स्थानीयको भनाइ उदृत गर्दै प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवाडाले बताउनुभयो ।

छुरा प्रहारबाट दुबै जनाको पेटमा प्वाल परेको छ । घाइते दुवै जनाको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भईरहहेको एसपी खतिवडाले जानकारी दिनुभयो ।घटनामा संलग्नहरुको खोजी गरिरहेको एसपी खतिवडाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij