Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

जुम्लामा पत्रकार दिलमाया शाहीमाथि आक्रमण, दोषीलाई कडा कारबाहीको माग

जुम्लामा पत्रकार दिलमाया शाहीमाथि आक्रमण, दोषीलाई कडा कारबाहीको माग

जुम्ला : प्रेस सेन्टर नेपाल जिल्ला समितिले पत्रकार दिलमाया शाहीमाथि भएको आक्रमणको कडा निन्दा गर्दै दोषीलाई कानुनी कारबाही गर्न माग गरेको छ।

प्रेस सेन्टर नेपाल केन्द्रीय, प्रदेश तथा जिल्ला समितिले आज एक विज्ञप्ति जारी गर्दै हिजो बिहान ८:३० बजे रिपोर्टिङका क्रममा जुम्ला बजारमा हिँडिरहेका बेला तिला गाउँपालिका–४, जुम्ला निवासी तथा हाल चन्दननाथ नगरपालिका–४, जुम्लामा अस्थायी रूपमा बसोबास गर्दै आएकी प्रमिला शाहीले बिना कुनै कारण अध्यक्ष शाहीमाथि पछाडिबाट आक्रमण गरेको जनाएको छ।

482532519_948256200818624_7233993339727016931_n.jpg

 

विज्ञप्तिमा उल्लेख गरिएअनुसार, “कुनै पनि व्यक्तिले असन्तुष्टि भएमा कानुनी प्रक्रियाबाट समाधान खोज्न सक्ने प्रावधान हुँदाहुँदै प्रमिला शाहीले अध्यक्ष दिलमाया शाहीमाथि हातपात र अभद्र व्यवहार गर्नु निन्दनीय मात्र होइन, नेपालको कानुन विपरीत र दण्डनीय कार्य हो।”

यस घटनाका दोषीलाई छानबिन गरी कानुनी कारबाही गर्न प्रेस सेन्टर नेपालले जोडदार माग गरेको छ। साथै, पत्रकार तथा सञ्चारकर्मीलाई निर्वाध रूपमा आफ्नो कार्य गर्न पाउने अधिकार सुनिश्चित गर्न प्रशासन तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij