Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

पर्वत प्रहरीको सक्रियतामा ३७ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरु पक्राउ

पर्वत प्रहरीको सक्रियतामा ३७ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरु पक्राउ

काठमाण्डौं : पर्वत जिल्लाको तत्कालीन कुर्घा गाउँ पञ्चायत–०२ मा गम्भीर गुरुङ र तेज बहादुर गुरुङले योजनाबद्ध रूपमा राम बहादुर गुरुङलाई लाठी र चक्कु प्रहार गरी हत्या गरेका थिए। घटनापछि उनीहरू फरार रहेका थिए।

सोही मुद्दामा पर्वत जिल्ला अदालतले २०५८ साल असार १३ गते दोषी ठहर गर्दै उनीहरूलाई १०/१० वर्ष कैद सजाय सुनाएको थियो। तर, ३७ वर्षसम्म फरार रहेका गम्भीर गुरुङ (५७) लाई रुपन्देहीको मायादेवी गाउँपालिका–०८ बसडिलवा क्षेत्रबाट र तेज बहादुर गुरुङ (५५) लाई ललितपुरको महालक्ष्मी नगरपालिका–०८ लुभुबाट फागुन २५ गते पक्राउ गरिएको छ।पक्राउ परेपछि उनीहरूलाई सम्मानित पर्वत जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी प्रमुख डिएसपी रविन विष्टले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij