Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

वाग्मतीमा शव फालिएको घटनामा संलग्न थप एक जना पक्राउ

वाग्मतीमा शव फालिएको घटनामा संलग्न थप एक जना पक्राउ

काठमाडौँ : वाग्मती नदीमा बोरामा पोको पारेर शव फालिएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।पक्राउपर्नेमा मकवानपुर थाहा नगरपालिका–४ घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका-७, माकलबारी बस्ने १९ वर्षीय पेम्बा लामा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उक्त घटनामा संलग्न भएको अभियोगमा हामीले थप एक जना पक्राउ गरेका छौँ । पक्राउ परेकाहरुविरुद्ध कर्तव्य ज्यानको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट छ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।”

यसअघि प्रहरीले सर्लाहीको वाग्मती ढुङ्गेखोला घर भएका २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौँडा शिखरपानी घर भएका २० वर्षीय सुरेश तामाङ, नुवाकोटको मेघाङ–४ देउराली घर भएका २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकको तिपिने घर भएकी २० वर्षीया पूजा परियार र एक नाबालकलाई पक्राउ गरेको थियो ।अन्दाजी ३०-३५ वर्षकी युवतीको हत्यागरी शव बोरा र तन्नामा पोको पारेर नदीमा फालेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij