Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बाजुरामा ट्याक्टर दुर्घटना: चालकको मृत्यु, १२ वर्षीय छोरा घाइते

बाजुरामा ट्याक्टर दुर्घटना: चालकको मृत्यु, १२ वर्षीय छोरा घाइते

धनगढी : बाजुराको खप्तड छेडेदह गाउँपालिका–५ स्थित चिराल्नामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने उनका १२ वर्षीय छोरा घाइते भएका छन्। प्रहरीका अनुसार आइतबार राति ११ बजे बुढिगंगातर्फ जाँदै गरेको भे २ त १५८८ नम्बरको ट्याक्टर कच्ची सडकमा अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा बुढिगंगा नगरपालिका–४ खोलालवाडाका ३२ वर्षीय ट्याक्टर चालक पदम रावतको घटनास्थलमै मृत्यु भएको छ। ट्याक्टरको ट्रालीमुनि च्यापिएर उनको ज्यान गएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

सवारीमा सवार मृतक रावतका १२ वर्षीय छोरा शमशेर रावत घाइते भएका छन्। उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। ट्याक्टरमा रहेका अन्य दुई जना भने सकुशल रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij