कास्की : पोखरामा अनलाईन जुवा तथा क्रिप्टोकरेन्सी कारोवार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले हिजो आइतवार पत्रकार सम्मेलन गरी उक्त कुरा सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले पत्रकार सम्मेलनमा १० बर्षदेखि अमेरिका बस्दै आएका पर्वत स्थायी घर भई पोखरा १४ चाउथे बस्ने इन्जिनियर रुपेन्द्र जि.सीसहित पाँच जनालाई फागुन २३ गते प्रहरीले उनकै घरबाट पक्राउ गरेको बताउनुभयो ।
एसपी ओलियाका अनुसार रुपेन्द्र जि.सी पेशाले आईटी इन्जिनियर भएको र अमेरिकामै विधावारिधी गरेका उनले नेपालमा अवैध मानिने जुवा तथा क्रिप्टोकरेन्सी आफ्नै घरमा कार्यालय खोली आफन्तहरुलाई नै राखेर कारोबार गर्ने गरेको एपी ओलियाले जानकारी दिनुभयो ।
रुपेश जि.सीको नेतृत्वमा पाँच जना रहेको र हालसम्म ३० करोड रुपैया अनलाइन जुवाको नाममा कारोवार भइसकेको समेत जानकारी दिनुभयो । पक्राउ पर्नेहरुमा ३१ बर्षीय रुपेन्द्र जिसी, ३३ बर्षीय विक्रम बानियाँ, २२ बर्षीय सज्जन घिमिरे, १९ बर्षीय रोजन के.सी. र २८ बर्षीय सन्दिप कटुवाल रहेका छन् ।
उनीहरुबाट मोबाईल ३२ थान, कम्प्यूटर मोनिटर दुई थान, कम्प्यूटर सिपीयू तीन थान, ल्यापटप चार थान, नगद ७२ हजार पाँच सय रुपैयाँ लगायत सामानहरु बरामद गरेको जानकारी दिनुभयो ।निजहरुलाई अभौतिक मुद्रा प्रयोग र जुवा खेल्न वा सट्टेबाजी कसूरमा अनुसन्धान प्रकृया अगाडी बढाएको र पाँच जनालाई जिल्ला अदालत कास्कीबाट सात दिनका लागी म्याद थप गरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij