Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दैलेख गुराँस गाउँपालिका-७ घर भई काठमाडौँ टोखा नगरपालिका-९ गणेशथान बस्ने ३५ वर्षीय सर्वराज बिसीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

सर्वराजले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij