Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

रौतहटमा नक्कली प्रहरी पक्राउ, किसानसँग पैसा असुल्ने क्रममा सक्कली प्रहरीको फन्दामा

रौतहटमा नक्कली प्रहरी पक्राउ, किसानसँग पैसा असुल्ने क्रममा सक्कली प्रहरीको फन्दामा

रौतहट : जिल्ला प्रहरीको घुमुवा हुँ भन्दै किसानहरूलाई ठग्न खोज्ने एक नक्कली प्रहरी पक्राउ परेका छन्। पक्राउ पर्नेमा गरुडा नगरपालिका-८ बिर्तागाउँका ४४ वर्षीय सदरे आलम रहेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपककुमार रायका अनुसार आलम किसानसँग मलखाद रोक्दै पैसा असुल्न खोज्दै गर्दा पक्राउ परेका हुन्।

शुक्रबार दिउँसो गौर–चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत बिर्ता चोकमा आलमले आफू घुमुवा प्रहरी भएको भन्दै किसानहरूलाई धम्क्याइरहेको सूचना पाएपछि प्रहरी चौकी बिर्ताबाट गएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । हाल आरोपी आलम इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा छन् र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij