Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नेविसंघले भन्यो– त्रिवि रेक्टर कार्यालयमा तोडफोडमा हाम्रो संलग्नता छैन

नेविसंघले भन्यो– त्रिवि रेक्टर कार्यालयमा तोडफोडमा हाम्रो संलग्नता छैन

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय रेक्टर कार्यालयमा भएको तोडफोडमा आफ्नो संलग्नता नरहेको प्रष्ट पारेको छ। आज बिहान त्रिवि विद्यार्थी संघर्ष समितिको नामबाट तोडफोड भएको थियो । उक्त तोडफोड कार्यमा नेविसंघको संलग्नता नरहेको प्रष्ट पारेको हो ।

त्रिवि कमिटी सभापति बिष्णु बडैलाले एक विज्ञप्ति जारी गर्दै उक्त तोडफोडमा नेविसंघ संलग्नता रहेको भनी विभिन्न संचारमाध्यमहरूमा समाचार प्रकाशित भएकोप्रति आपत्ति जनाए । यो घटना हाम्रो कुनै आधिकारिक निर्णय वा निर्देशनअनुसार गरिएको कार्य होइन, सभापति बडैलाले जारी गरेको विज्ञप्ति भनिएको छ।

त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरू विभिन्न शैक्षिक सुधारका माग राख्दै आन्दोलनरत रहेको तर कुनै पनि प्रकारको हिंसात्मक वा तोडफोड गतिविधिलाई नेविसंघले समर्थन नगर्ने प्रष्ट पारे।

IMG-20250307-WA0005

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij