महोत्तरी : महोत्तरीमा बस पल्टिँदा १५ जना यात्रु घाइते भएका छन् ।हरिगोरीगम्माबाट परिक्रमा सडक हुँदै जलेश्वरतर्फ जाँदै गरेको ना ३ ख ८९९७ नम्बरको यात्रुवाहक बस पल्टिँदा १५ जना यात्रु घाइते भएका हुन्।
घाइतेहरू खतरामुक्त रहे पनि आवश्यक उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर तथा अन्य स्थानहरूमा पठाइएको महोत्तरी प्रहरीले जनाएको छ।बस पल्टेपछि चालक र सहचालक भने फरार भएका छन् । घटनाबारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij