Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

धनुषामा ८० लाख रुपैयाँ लुटपाट गर्ने समूहका एकजना पक्राउ, के थियो घटना ?

धनुषामा ८० लाख रुपैयाँ लुटपाट गर्ने समूहका एकजना पक्राउ, के थियो घटना ?

जनकपुर : धनुषा प्रहरीले ८० लाख लुटपाट गर्ने समूहका एकजनालाई पक्राउ गरेको छ । घटनाको लामो समयपछि विशेष सूचनाको आधारमा मिथिला नगरपालिका वडा नम्बर–३ निवासी भरत कुमार महतोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वरुण बहादुर सिंहले बताए ।

उनका अनुसार २४ वैशाखमा जनकपुर उपमहानगरपालिकाको वडा नम्बर–१९ थुमहौना सडक खण्डमा लुटपाट भएको थियो । उनले भने, ‘नम्बर नखुलेको मोटरसाइकलमा तीन आएर उक्त सडकखण्डबाट वीरेन्द्र महतोले बोके हिँडेको पैसा लुटपाट गरेका थिए, हतियार देखाइ महतोसँग भएको ८० लाख रुपैयाँ त्यो लुटिएको थियो । त्यही घटनामा संलग्न फरार प्रतिवादी आज पक्राउ परेका हुन् ।’

पक्राउ परेका महतोलाई जिल्ला अदालतबाट म्याद थप भई आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । वैशाख २४ गते दिनको साढे ११ बजेको समयमा हिमालयन बैंकको जनकपुर शाखाबाट धनुषा निवासी वीरेन्द्र महतो ८० लाख रुपैयाँ निकालेर कालो क्याट लेखिएको कालो झोलामा राखेर आफ्नो गन्तव्यतर्फ हिँडेका थिए ।

प्रहरीका अनुसार उनी शुभ श्री बचत तथा ऋण सहकारी संस्था रघुनाथपुर धनुषाका लागि ज ७ प ५१५१ नम्बरको आफ्नो मोटरसाइकलमा श्रीमतीलाई राखी हिँडेका थिए । प्रहरी भन्छ, ‘यही बेला थुमहौना सडक खण्डमा तीन जना नम्बर नखुलेको मोटरसाइकलमा अपरिचित समूहले वीरेन्द्र महतोले बोकेको ८० लाख रुपैयाँ लुटपाट गर्‍यो, पेस्तोल देखाएर लुटपाट भयो ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij