Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

रिंकु सदाय मृत्यु प्रकरण : पञ्चायतीमा संलग्न वडा सदस्यसहित थप चार जना पक्राउ

रिंकु सदाय मृत्यु प्रकरण : पञ्चायतीमा संलग्न वडा सदस्यसहित थप चार जना पक्राउ

सिरहा : सिरहाकी किशोरी रिंकुकुमारी सदायको मृत्यु प्रकरणमा थप चार जना पक्राउ परेका छन् ।नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदा प्रकरणको पञ्चायतीमा संलग्न वडा सदस्यसहित चार जना पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा वडा सदस्य नथुनी साहसहित चार जना छन् । उनीहरू सबै जाहेरीमा किटान गरिएका व्यक्ति हुन्।

उनीहरूलाई आज तीन बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।यसअघि प्रहरीले घटनाका मुख्य अभियुक्त रुपेश मण्डल र जाहेरीमा नाम नभएपनि पञ्चायतीमा भूमिका खेल्ने तीन जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij