Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

अनाथ बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु

अनाथ बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु

काठमाडौं : काठमाडौंको शंकरापुर नगरपालिका-६ सलम्बुटारस्थित अनाथ बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २१ बर्षका आकाश र २१ बर्षकै सुमन रहेका छन् भने अर्का ४५ बर्षका हरिजन रहेका छन् ।

द्वन्द्वपीडित तथा अपांग समाज नेपाल सीभीडीएसले सञ्चालन गरेको आश्रयस्थलमा आज बिहान करीब ३.४० बजे टिपरले बाटो छाडेर आश्रयस्थलको टहराभित्र छिरेको प्रहरी प्रभाग साखुका प्रहरी सहायक हल्दार नरेन्द्र स्रिपालीले जानकारी दिनुभयो ।टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ र प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ ।

द्वन्द्वपीडित तथा अपांग समाज नेपाल सीभीडीएसले सलम्बुटारमा २०६२ सालदेखि आश्रयस्थल सञ्चालन गर्दै आएको छ । त्यहाँ ६१ जना बस्दै आएका थिए । तीमध्ये १० जना बसेको टहरामा टिपर छिरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij