Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नक्कली फेसबुक आइडी खोली आर्थिक लाभ लिने कार्यमा संलग्न व्यक्ति पक्राउ

नक्कली फेसबुक आइडी खोली आर्थिक लाभ लिने कार्यमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं : नक्कली फेसबुक आइडी खोली आर्थिक लाभ लिने कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको ज्वालामूखी गाउँपालिका-७ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-५ लोलाङ हाईट बस्ने २७ वर्षीय नारायणदत्त खकुराल छन् । वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको नामको नक्कली फेसबुक आईडी बनाई उनीहरूको आफन्तहरूसँग आफु र आफ्नो साथी बिरामी भई अस्पतालमा भर्ना भएको लगायतको बहाना बनाएर रकम असुली गरेको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीबारे आवश्यक अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij