Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

पर्वत: गुल्मीको पूर्तिघाटबाट स्याङ्जाको वालिङतर्फ आउँदै गरेको बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पर्वतको सेतीबेनी भन्ने ठाउँमा भएको बोलेरो दुर्घटनामा ६ जना घाइते भएका छन् ।

घाइतेहरुको उपचारको लागि पाल्पाको मिसन अस्पताल लगिएको छ । दुर्घटना बिहान करिव ९ बजे भएको थियो । बोलेरो सडकबाट तल खोल्सामा खसेको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij