काठमाडौं : रोल्पाका तत्कालीन ट्राफिक प्रहरी प्रमुख सई ललितकुमार बुढाथोकी भ्रष्टाचार कसुरमा दोषी ठहर भएका छन् ।विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र मरारीबाबु श्रेष्ठको इजलासले सई बुढाथोकीलाई दोषी ठहर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले सई बुढाथोकीलाई घुससहित रंगेहात १७ मंसिरमा पक्राउ गरेको थियो ।उनलाई २५ हजार घुससहित पक्राउ गरिएको थियो । उनले सवारी आवतजावत सहजीकरण गरिदिने भन्दै २५ हजार रुपैयाँ घुस लिएको अख्तियारको भनाइ थियो ।
उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार कसुरमा मुद्दा दायर भएकोमा विशेष अदालतले दोषी ठहर गरेको हो ।उनलाई बिगो बराबरको २५ हजार जरिवाना, १ हजार क्षतिपूर्ति र ३ महिना कैदको फैसला सुनाइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij