बरहथवा : यहाँको चक्रघट्ट गाउँपालिका–२, बेल्हीमा स्कारपियो गाडि दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।आज बिआर ३० प १७०३ नंको स्कारपियो दुर्घटना हुँदा घाइते भएका चालक ४० वर्षीय अमितकुमार अधिकारीको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।
बेल्ही निवासी अधिकारीको प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपछि ट्रमा सेन्टर पठाइएको थियो ।उहाँको उपचारकै क्रममा मृत्यु भएको आफन्तलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij