Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

मुख्यमन्त्रीको निर्देशन अटेर गर्ने सिभिल अस्पताल चन्द्रपुरका सञ्चालक पक्राउ

मुख्यमन्त्रीको निर्देशन अटेर गर्ने सिभिल अस्पताल चन्द्रपुरका सञ्चालक पक्राउ

रौतहट : मधेस प्रदेशका मुख्यमन्त्री सतीश सिंहको निर्देशन अटेर गर्ने सिभिल अस्पताल चन्द्रपुरका सञ्चालक पक्राउ परेका छन् । निर्देशन विपरीत अस्पताल सञ्चालन गरेका सञ्चालक मध्यका राजन साहलाई आज बिहान इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले पक्राउ गरेको हो।

गत शनिबार साँझ मुख्यमन्त्री सिंहले अस्पताल अनुगमनको क्रममा उक्त अस्पताल मापदण्ड विपरीत दर्ता समेत नरहेको पाइएपछि अस्पताल बन्द गर्ने निर्देशनसहित लिखित पत्र थमाएका थिए । सम्पूर्ण प्रक्रिया पूरा गरेर मात्र अस्पताल सञ्चालन गर्न मुख्य मन्त्री सिंहले दिएको निर्देशन विपरीत आज अस्पताल सञ्चालन गरेको जानकारी आउनासाथ सञ्चालक साहलाई पक्राउ गरिएको डिएसपी राजकुमार राईले बताए ।

हाल उनी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डिएसपी राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij