भक्तपुर : मोटरसाइकलको ठक्करबाट भक्तपुरमा एक पैदलयात्रीको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–७ गोलमढीकी ७० वर्षीया तुलसीमाया तुसिबाखको मृत्यु भएको हो ।सूर्यविनायक नगरपालिका-८ जगाती पुल नजिक बा ४१ प ३३४ नम्बरको मोटरसाइकलले उहाँलाई ठक्कर दिएको थियो ।
जगातीबाट साँगातर्फ जादै गरेको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी उहाँलाई उपचारका लागि सूर्यविनायक नगर अस्पतालमा लगिएको थियो । उपचारको क्रममा तुसिबाखको मृत्यु भएको हो ।मोटरसाइकल चालकलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij