Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

गोठाटार गोली काण्डमा संलग्न भारतीय सुटरमाथि प्रहरीले हान्यो गोली !

गोठाटार गोली काण्डमा संलग्न भारतीय सुटरमाथि प्रहरीले हान्यो गोली !

काठमाडौं : उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले भारतीय सुटर गुड्डु पटेललाई गोली हानी पक्राउ गरेको छ ।दुई वर्षअघि गोठाटारमा मारिएका लाल मोहम्मद प्रकरणका फरार आरोपी पटेललाई आइतबार प्रहरीले काठमाडौंको टोखाबाट पक्राउ गरेको हो ।

काठमाडौंको मनोहरा नगरपालिकास्थित गोठाटारमा मोहम्मदको गोली हानी हत्या गरिएको थियो । मोहम्मदको हत्या किन भएको थियो भन्ने बारेमा प्रहरीले त्यसबेलादेखि नै तीन जनालाई पक्रा गरी अनुसन्धान जारी राखेको थियो ।

प्रहरीले मोहम्मदलाई गोली हान्ने व्यक्ति गुड्डु पटेल भएको भन्दै खोजी जारी राखेको थियो । उनी नेपाल आएको थाहा पाएर पिछा गरिरहँदा पटेलले प्रहरीलाई नै आक्रमण गरेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।प्रहरीले उनीमाथि तीन राउण्ड गोली चलाएको थियो । गोली लागेर घाइते भएका उनलाई प्रहरीले उपचारका लागि अस्पताल लगेको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij