Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

काठमाडौँको नयाँ बानेश्वरमा झडप, डीएसपी गंगा पौडेल घाइते

काठमाडौँको नयाँ बानेश्वरमा झडप, डीएसपी गंगा पौडेल घाइते

काठमाडौं : काठमाडौंको नयाँ बानेश्वरमा ‘स्वर्गद्वारी गुठी पीडित टेन्सी संघर्ष समिति’ ले गरेको प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारी किसानबीच झडप भएको छ ।झडपमा सिंहदरबार प्रहरी वृत्तका डीएसपी गंगा पौडेल घाइते भएका छन् । डीएसपी पौडेलको मीनभवनस्थित निजामती अस्पतालमा उपचार भइरहेको छ ।विरोध समितिले केही समयदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएको छ ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरस्थित बेकरी क्याफे अगाडि झडप भएको काठमाडौं जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृतले जानकारी दिए । केही प्रदर्शनकारी घाइते भएको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij