काठमाडौं : बैतडीको दोगडाकेदार गाउँपालिका–८ का २५ वर्षीय सुरेन्द्र विष्ट शनिबार बेलुका खाना खाँदै थिए। जिप चालक विष्ट घर नजिकैको एक होटलमा खाना खाँदै गर्दा उनको ढाडमा गोली दागियो । शनिबार राति करिब ८ बजेको यो घटनाबारे प्रहरीलाई भने ९ बजेतिर जानकारी आएको थियो । गोली प्रहारको सूचना आएपछि खाल्चे प्रहरी चौकीबाट सईको कमाण्डको टोली घटनास्थलतर्फ गएको थियो । खाल्चेबाट घटना भएको ठाउँ पुग्न मात्रै करिब ३ घण्टाको पैदल दूरी पार गर्नुपर्छ ।
मान्छे माथि नै गोली प्रहार भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय पाटनबाट पनि इन्सपेक्टरको नेतृत्वको टोली घटनास्थल परिचालन गरियो । पछि जिल्ला प्रहरी कार्यालय बैतडीबाट पनि टोली घटनास्थल गयो ।
घटनास्थल पुगेको प्रहरीले टोलीले ढाडमा गोली लागेर गम्भीर घाइते भएका विष्टलाई उपचारका लागि भनेर ल्याउँदै थियो । ल्याउँदा ल्याउँदै उनको बाटामै मृत्यु भएको बैडतीका प्रहरी प्रमुख तथा डीएसपी मकेन्द्र मिश्रले बताए । ‘ढाडमा गोली लागेकाले घाइतेको अवस्थामा निकै गम्भीर थियो । अस्पताल पुर्याउन नपाउँदै मृत्यु भयो’, डीएसपी मिश्रले अनलाइनखबरसँग भने ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij