Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

मदिराको नसामा इन्सपेक्टरले हवल्दार कुटे

मदिराको नसामा इन्सपेक्टरले हवल्दार कुटे

वीरगञ्ज : मदिराको नसामा नेपाल प्रहरीका एक इन्सपेक्टरले हवल्दारमाथि कुटपिट गरेका छन्।

जिल्ला ट्राफिक कार्यालय, पर्सामा कार्यरत हवल्दार महेशदत्त बढुमाथि इन्सपेक्टर शंकर श्रेष्ठले कुटपिट गरेका हुन्।

घटना शुक्रबार बेलुका वीरगञ्जको मकालु होटलमा भएको हो। हवल्दार बढु पनि त्यहाँ आयोजित भोजमा पुगेका थिए।

इन्सपेक्टर श्रेष्ठ काठमाडौंबाट सो होटलमा पुगेका हुन्। उनी नगर प्रहरी, भृकुटीमण्डपमा कार्यरत छन्।

सानो दर्जाको व्यक्ति भएर ठूला कुरा गरेको भन्दै उनले हवल्दार बढुमाथि गालीगलौच गरी कुटपिट गरेको स्रोत बताउँछ ।

यस विषयमा हवल्दार बढुले उजुरी गरेका छन्। सो भोजमा धेरै व्यक्तिहरु सहभागी थिए।इन्सपेक्टरको सो व्यवहारले सिंगो प्रहरी नै बदनाम भएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij