Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

एक सातादेखि हराएकी महिलाको शव घरभित्रै फेला

एक सातादेखि हराएकी महिलाको शव घरभित्रै फेला

धनुषा : धनुषामा एक महिलाको शव घरकै पूजाकोठामा गाडेको अवस्थामा फेला परेको छ ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका बनिनियाकी २० वर्षीया अञ्जली यादवको शव सडेगलेको अवस्थामा फेला परेको हो ।

स्थानीयले एकाएक अञ्जली हराएको तथा उनका श्रीमान् बेपत्ता भएको खबर गरेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।

त्यसक्रममा शनिबार दिउँसो १ बजे कोठाभित्रै गाडेको अवस्थामा अञ्जलीको शव फेला परेको धनुषा प्रहरीले जनाएको छ।

श्रीमान् हरिराम यादव फरार रहेकाले अञ्जलीको हत्या गरेर उनैले शव गाडेको हुन सक्ने प्रहरीको आशंका छ ।

रामहरिसँगै उनीहरूका १० महिनाकी छोरीको पनि पत्तो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij