Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सिन्धुलीमा गाडी दुर्घटना हुँदा ९ जना घाइते

सिन्धुलीमा गाडी दुर्घटना हुँदा ९ जना घाइते

झापा : झापाबाट काठमाडौं आउँदै गरेको गाडी सिन्धुलीमा दुर्घटना हुँदा ९ घाइते भएका छन् ।

सुनकोशी गाउँपालिका– ५ मुलकोटमा दुर्घटनामा नौ जना घाइते भएका हुन्।

मधेश प्रदेश ०२–००१ ज ००६३ नम्बरको गाडी अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएपछि दुर्घटना भएको हो ।

घाइतेमध्ये सात यात्रु र दुई चालक–सहचालक रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घाइतेमध्ये सबै सात यात्रुलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि धुलीखेल अस्पताल पठाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij