Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

३ सय १ ग्राम ब्राउन सुगर जस्तो पदार्थसहित झापाबाट दुई जना प्रहरीको नियन्त्रणमा

३ सय १ ग्राम ब्राउन सुगर जस्तो पदार्थसहित झापाबाट दुई जना प्रहरीको नियन्त्रणमा

काठमाडौँ : झापाबाट सशस्त्र प्रहरीले ३ सय १ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । झापा जिल्ला भद्रपुर नगरपालिका–३ स्थित झुलुङ्गेपुलबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट महेशपुरले शुक्रबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हो ।नियन्त्रणमा लिइएकाहरूमा तनहुँ जिल्ला भानु नगरपालिका–१२ कवाजित बस्ने २४ वर्षीय र सुनसरी जिल्ला रामधुनी नगरपालिका–३ सिंघिया बस्ने २७ वर्षीय दुई युवक छन् ।

बा ९० प १६७५ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई गस्तीमा रहेको सुरक्षा फौजले शंका लागि जाँच गर्दा स्कुटरको ब्याट्री रहने बक्स भित्र लुकाईछिपाई ४ वटा प्याकेटमा ल्याएको ब्राउन सुगर जस्तो देखिने पदार्थ (३०१ ग्राम) फेला परेको हो ।नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद ब्राउन सुगर जस्तो देखिने पदार्थ, नगद र अन्य सामानसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij