Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सेनाका जवानले आफ्नै घर जलाए, मरे दर्जन चौपाया !

सेनाका जवानले आफ्नै घर जलाए, मरे दर्जन चौपाया !

दार्चुला : दार्चुलामा एक युवकले आफ्नै घरमा आगो लगाएका छन् । जिल्लाको महाकाली नगरपालिका-३ बाँजका २८ वर्षीय गौर सिंह महराले बिहीबार राति आफ्नै घरमा आगो लगाएका हुन् ।जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार ढुङ्गा र काठले बनेको दुई तले, ६ कोठाको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

आगो लगाउने व्यक्ति नेपाली सेनामा कार्यरत जवान रहेको खुलेको छ । बिदामा घर आएको बेला आगो लगाएको बताइएको छ । हाल उनको मानसिक अवस्था ठीक नरहेको स्थानीयले बताएका छन्।

यस्तै आगलागीबाट गोठमा रहेका २ वटा गाई, ३ बाच्छा, ३ बाख्रा, एउटा बोका र २ कुकुर गरि ११ पशुचौपाया मरेको प्रहरीले जनाएको छ । घरमा आगजनी गर्ने महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij