Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

तास खेल्दा सापटी लिएको पैसा नदिएपछि साथीको हत्या

तास खेल्दा सापटी लिएको पैसा नदिएपछि साथीको हत्या

पर्सा : पर्सा प्रहरीले साथीको हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका २७ का १९ वर्षीय मुकेशप्रसाद यादव, अरुणकुमार यादव र मुना तिवारी रहेका छन् ।

उनीहरूले सोही ठाउँका १९ वर्षीय इशालप्रसाद कुर्मीको हत्या गरेको आरोप छ।तास खेल्ने क्रममा सापटी लिएको पैसा नदिएको भनेर हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले अनुसन्धान क्रममा फागुन ७ गते नै इशालप्रसाद कुर्मी र उनका साथीहरू तास खेल्न गएका बेला ३५ सय रुपैयाँको विषयमा विवाद भएको र यसैको कारणले उनको हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij