धादिङ्ग : माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसेर पुरिँदा धादिङ्गमा एक जनाको मृत्यु भएको छ। सोही ढिस्कोमा पुरिएकर एकजना घाइते भएका छन्। हिजो दिउसो करिब १२:१५ बजेको समयमा थाक्रे गा.पा.३ बान्द्रे स्थित आग्राखोलामा माटो लिन गएका दुईजनामध्ये एकजनाको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरी चौकी महादेवबेसीले जानकारी दिएको छ।
मृत्यु हुनेमा मकवानपुर जिल्ला थाहा न.पा.११ घर भई हाल जि.धादिङ थाक्रे गा.पा.३ बान्द्रे बस्ने वर्ष २७ को राजु बल रहेका छन्। उनको छातिमा,दुवै खुट्टा,अनुहारमा चोट लागी सामान्य उपचार पश्चात थप उपचारको लागी ट्रमा सेन्टर काठमाण्डौ रिफर गरिएकोमा निजको बेलुका ६:५४ बजेको समयमा काठमाण्डौ ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। घाइते हुनेमा खोटाङ जिल्ला बारापोखरी गा.पा.४ घर भई हाल जि.धादिङ थाक्रे गा.पा.३ बान्द्रे बस्ने वर्ष ४२ कि नम्रता राई,दाहिने घुडाँमा चोट,अवस्था सामान्य, ऐ.१५:१५ बजे सामान्य उपचार पश्चात डिस्चार्ज भएको प्रहरीले जानकारी दिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij