Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

शंका लागेर खानतलासी गर्दा मलद्वारमा लुकाएको सुन बरामद

शंका लागेर खानतलासी गर्दा मलद्वारमा लुकाएको सुन बरामद

काठमाडौँ : प्रहरीले त्रिभुवन विभानस्थल भन्सारबाट जाँचपास सकेर बाहिर निस्कने क्रममा बुधबार उज्वेकिस्तानका चार जना नागरिकबाट ३ किलोभन्दा बढी तौल रहेको सुन बरामद गरेको छ ।भन्सार जाँच गरेर बाहिर निस्कने क्रममा शंका लागेर खानतलासी गर्दा मलद्वारमा लुकाएको सुन बरामद भएको हो ।

विभानस्थल भन्सार सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक सोमेन्द्र राठौरका अनुसार दुबईबाट काठमाडौं आएको दुबई एफजेएड ५७५ उडानबाट नेपाल आएका उनीहरुमध्ये तीन जना महिला र एक पुरुष छन् ।

नेपाल प्रहरीको सादा पोसाकमा खटिएका प्रहरीले उनीहरुको मलद्वारबाट सुनको टुक्रा बरामद गरेको हो । तस्करी समूहले उनीहरुलाई भरियाको रुपमा प्रयोग गरेको प्रारम्भिक अनुमान रहेको छ ।

सुनको परीक्षण भने भएको छैन । राठौरका अनुसार सुन भन्सारमा बुझाइनेछ । राठौरले भने, ‘तौल यकिन गरेर भन्सारdf बुझाउँछौँ ।’ विमास्थलमा यात्रा जाँच कक्षको मेसिनले गर्ने जाँच प्रभावकारी नहुँदा अवैध रुपमा हुने कारोबार रोक्न कठिन भएको गुनासो कर्मचारीको रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij