Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरण : अनुसन्धानका लागि अर्का इन्स्पेक्टर पक्राउ

इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरण : अनुसन्धानका लागि अर्का इन्स्पेक्टर पक्राउ

काठमाडौँ : सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा सशस्त्रकै इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आत्महत्या दुरुत्साहन मुद्दा दायर भएपछि जोशीलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो ।गत शनिवार राति पोखरास्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा इन्स्पेक्टर महत झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

उनलाई आत्महत्या गर्न बाध्य पारेको कसुरमा उनीभन्दा सिनियर इन्स्पेक्टर जोशीविरुद्ध पीडितका परिवारले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए । स्रोतका अनुसार उनीहरू प्रेम सम्बन्धमा थिए ।घटना अनुसन्धान गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले डीआईजीको नेतृत्वमा छानबिन समिति गठन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij