Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

पेस्तोलसहित मकवानपुरबाट दुई भारतीय नागरिक पक्राउ

पेस्तोलसहित मकवानपुरबाट दुई भारतीय नागरिक पक्राउ

मकवानपुर : प्रहरीले पेस्तोलसहित मकवानपुरबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा भारतको बिहार सिहुहर बस्ने २२ वर्षका धिरजकुमार र मोतीहारी बस्ने २६ वर्षका दीपक कुमार रहेका छन् ।उनीहरुलाई पूर्वपश्चिम राजमार्गअन्तर्गत् हेटौंडा–१५, रातोमाटेबाट पेस्तोल र गोलीसहित पक्राउ गरिएको हो।

उनीहरुको साथबाट एक राउण्ड गोली लोड भएको ९ एमएमको अटो पेस्तोल र सलाईको बट्टाभित्र लुकाएको अवस्थाको थप २ थान गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।रौतहट जिल्लाको गौरबाट हेटौंडातर्फ आउँदै गरेको ना.८ ख ८७७३ नम्बरको बसलाई चेकिङको क्रममा हतियारसहित उनीहरु पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij