Logo

Nov 19 2026 | २०८३, मंसिर ४गते

सामान्य अंकले नेप्से बढ्दा ११ अर्ब ८ करोडको कारोबार

सामान्य अंकले नेप्से बढ्दा ११ अर्ब ८ करोडको कारोबार

काठमाडौं : साताको दोस्रो कारोबार दिन आज सेयर सेयर परिसूचक नेप्से सामान्य अंकले बढेर बन्द भएको छ।नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७४ विन्दुमा कायम भएको हो।

आज ३१० स्क्रिप्टको २ करोड ११ लाख १० हजार ६१९ कित्ता सेयर ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार ७५८ रुपैयाँमा खरिदबिक्री भयो ।

आज एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढेको हो।

राप्ती हाइड्रोको ९.४७, बोटलर्स नेपालको ८.४७, नेपाल हाइड्रोको सेयर ७.१३ प्रतिशतले बढ्यो।कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योर‍ेन्स शीर्षस्थानमा रह्यो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट