Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

ठमेलमा प्रहरीमाथि कुटपिट गर्ने अखिलका नेताविरूद्ध मुद्दा दर्ता

ठमेलमा प्रहरीमाथि कुटपिट गर्ने अखिलका नेताविरूद्ध मुद्दा दर्ता

काठमाडौं : ठमेलमा प्रहरीमाथि कुटपिट गर्ने नेकपा एमाले निकट भ्रातृ संगठन अनेरास्ववियुका विद्यार्थी नेताहरूविरूद्ध मुद्दा दर्ता भएको छ।प्रहरी कुट्ने विद्यार्थी नेताविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो। सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार जिल्ला अदालत काठमाडौंमा ६ जनाविरूद्ध मुद्दा दायर गरेको छ ।

अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशी, अन्य नेताहरू गोपालबहादुर शाही, रमेशकुमार फुलारा, नविन सिं ऐर, दिनेश सिग्देल र सौजन्य शाहीविरूद्ध मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालय काठमाडौंले जनाएको छ।माघ २५ गते मध्यरातमा काठमाडौं महानगरपालिका-२६ छाया सेन्टर अगाडि प्रहरी हवल्दार जगुलाल घर्ती र प्रहरी जवान नगेन्द्रराज विष्टमाथि ६ जनाको समूहले कुटपिट गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij