झापा : झापामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको हाल्दिबारी गाउँपालिका–३ घर भएका २० वर्षीय सुशील लिम्बुको करेन्ट लागेर शनिवार राति मृत्यु भएको हो ।
बुद्वशान्ति गाउँपालिका–१ नमुना बस्तीस्थित दामा खोलामा बिजुलीको तार जोडी माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij