कास्की : कास्कीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।
माछापुच्छ्रे गाउँपालिका– ८ लुम्रेपाखा बस्ने ५९ वर्षीय मन बहादुर विकलाई भरुवा बन्दुक २ थान र बारुद सहित प्रहरीले पक्राउ गरेको हो।
वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij