काठमाडौँ : बेलायतमा मौसमी कामदार (सिजलन वर्कर) मा पठाइदिने भन्दै पैसा उठाउने गिरोहहरू सक्रिय हुन थालेका छन् । सामाजिक सञ्जालमार्फत तथा फोन कलमार्फत व्यक्तिहरूलाई बेलायतमा मौसमी कामदारका लागि पठाईदिने भन्दै पैसा असुल्नेहरू सक्रिय हुन थालेका हुन् । यस विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायतका निकायमा गुनासो समेत आएसँगै विभागले सचेत गराएको छ ।
विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै बेलायतमा मौसमी कामदार पठाउने गरी कुनै नीतिगत निर्णयहरू नभएकाले प्रलोभनमा पार्नेहरूबाट समेत रहन भनेको हो । विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले मन्त्रालयको तर्फबाट कुनै पनि नीतिगत निर्णय नभएको र स्वीकृति दिई पठाउने व्यवस्था समेत नभएको बताए । उक्त कार्य कानुनसम्मत नहुने भएकाले कुनै पनि संस्था वा व्यक्तिसँग कुनै रकम लेनदेन नगर्न अनुरोध गरे । अवैधानिक प्रक्रियाबाट जाने सोच तथा योजना नबनाउन समेत सबैमा अनुरोध गरे ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij