Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

पाथिभरामा केबलकार निर्माण विवाद : फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा

पाथिभरामा केबलकार निर्माण विवाद : फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा

ताप्लेजुङ : ताप्लेजुङमा ‘नो केबलकार’ समूहको प्रदर्शन जारी रहँदा स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । पाथिभरा मुक्कुमलुङ क्षेत्रमा केबलकार निर्माणको विरोध गर्दै आएको उक्त समूहले गृह मन्त्रालयको वार्ता समितिलाई अवज्ञा गरेपछि प्रशासनले प्रदर्शनलाई नियन्त्रण गर्न निषेधाज्ञा जारी गरेको हो ।

शनिबार राति बसेको सुरक्षा समिति बैठकपछि प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले निषेधाज्ञा जारी गरेका हुन्। पुङलिङ नगरपालिका बजार क्षेत्रमा हुनसक्ने प्रदर्शन, जुलुस तथा सम्भावित हुलदंगा र झडपको जोखिमका कारण आइतबार बिहान ५ बजेदेखि निषेधाज्ञा लागू गरिएको जनाइएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ अनुसार, निषेधित क्षेत्रमा पाँच जनाभन्दा बढी भेला भएर सभा, प्रदर्शन, घेराउ तथा जुलुस गर्न प्रतिबन्ध लगाइएको छ। शनिबार साँझ प्रहरी र नो केबलकार समूह बीच झडप हुँदा आइतबार ताप्लेजुङमा निधेष आदेश लगाउनुपर्ने अवस्था आएको प्रशासनको भनाई छ ।

यसै घट्नालाई लिएर ताप्लेजुङमा प्रहरीले केबलकार समूहका १५ जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरेको छैन । प्रदेश प्रहरी कार्यालय कोशीका वरिष्ठ प्रहरी उपरीक्षक भीम दाहालले १५ जना प्रदर्शनकारी पक्राउ परेको जानकारी दिए। उनले प्रहरीमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरिएको बताए ।नो केबलकार समूह पक्षले भने १५ भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको दाबी गरेको छ । उनीहरूले एकै घरबाट खाना खादै गरेका २६ जनालाई पक्राउ गरेर बेपत्ता बनाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij