काठमाडौं : मकवानपुरमा घरको तीन तलामाथिबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । शुक्रबार हेटौँडा–५ सानोपोखरामा पाहुना गएका बेला ती व्यक्तिको मृत्यु भएको हो ।चितवनको कालिका–६ खोलेसिमलका ६० वर्षीय गोविन्द अधिकारीको मकवानपुरमा भिनाजु हरि लामिछानेको घरमा गएका बेला मृत्युु भएको हो । शुक्रबार घरको तीन तलामाथि छतमा बसिरहेको अवस्थामा उनी अचानक छतबाट तल भुइँमा खसी घाइते भएका थिए ।
टाउकाको अगाडिको भागमा चोट लागी गम्भीर घाइते अवस्थामा रहेका उनलाई आफन्तले उपचारका निम्ति हेटौँडा अस्पताल पुर्याएका थिए । उनलाई थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन भरतपुर रिफर गरिएको थियो ।उनको उपचारका क्रममा दिउँसो दुई बजे मृत्यु भएको हो । मृतकको शव अहिले सोही अस्पतालमा राखिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij