Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

तीन तलामाथिबाट खसेर एक जनाको मृत्यु

तीन तलामाथिबाट खसेर एक जनाको मृत्यु

मकवानपुर : मकवानपुरमा घरको तीन तलामाथिबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ ।शुक्रबार हेटौँडा–५ सानोपोखरामा पाहुना गएका बेला चितवनको कालिका–६ खोलेसिमलका ६० वर्षीय गोविन्द अधिकारीको मृत्यु भएको हो । उनी मकवानपुरमा भिनाजु हरि लामिछानेको घरमा गएका थिए ।

शुक्रबार घरको तीन तलामाथि छतमा बसिरहेको अवस्थामा उनी अचानक छतबाट तल भुइँमा खसी घाइते भएका थिए । उनलाई आफन्तले उपचारका निम्ति हेटौँडा अस्पताल पुर्‍याएका थिए ।थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन भरतपुर रिफर गरिएको थियो । उनको उपचारका क्रममा दिउँसो दुई बजे मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij