Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

‘नो केवलकार’ समुह र प्रहरीबीच झडप, ११ प्रहरीसहित १३ जना घाइते

‘नो केवलकार’ समुह र प्रहरीबीच झडप, ११ प्रहरीसहित १३ जना घाइते

ताप्लेजुङ: ताप्लेजुङमा ‘नो केवलकार’ समूह र प्रहरीवीच भएको झडपमा १३ जना घाइते भएका छन् ।आन्दोलन अहिलेपनि जारी छ ।घाइते लिन गएको रेडक्रसका कर्मचारी चढेको ट्याक्सीका चालक राजकुमार पौडेल, ११ सुरक्षाकर्मी र एक आन्दोलनकारी घाइते भएका हुन ।‘नो केवलकार’ समूहले आयोजना गरेको मुक्कुमलुङ पदयात्राको अन्तिम दिन आन्दोलनकारी केबलकार बेस स्टेशन निर्माणतर्फ अगाडि बढेका थिए ।

निर्माणस्थल मै प्रबेशका लागि गरेको प्रयास र सुरक्षाकर्मीले रोक्न खोज्दा झडप भएको हो ।प्रहरीले भीड नियन्त्रण गर्न ७ सेल अश्रुग्यास हानेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।घाइतेको उद्धारका लागि फुङलिङबाट रेडक्रस सभापति इन्द्रबहादुर गुरुङ र ताप्लेजुङ उद्योग बाणिज्य संघका महासचिव कमल लिम्बू गाडी लिएर गएका थिए ।आन्दोलनकारीको आक्रमणबाट गाडीको शिशा फुटेको र चालक घाइते भएको कमल लिम्बूले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij